कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Published on

काठमाडौं । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो । अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोड्नुभएको थियो । अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो ।

त्यसैगरी, बर्लिनमा आजै भएको यूरो कप फाइनल खेलमा स्पेनले इङ्ल्याण्डविरूद्ध २ स् १ गोल गर्दै उपाधि जितेको छ । स्पेनले युरो कप २०२४ को उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि लामिन यमालको पासमा निको विलियम्सले पहिलो गाले गर्दै खेलमा स्पेनले अग्रता लिएको थियो ।

खेलको ७३औं मिनेटमा इङ्ल्यान्डले गोल गरी खेललाई बराबरीमा फर्काएको थियो । इङ्ल्याण्डका कोल पालमरले खेलको दोस्रो हाफमा प्रवेश गरेको तीन मिनेटमा नै लामो दूरीबाट उत्कृष्ट गोल गर्न सफल हुनुभएको थियो । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाउनुभएको हो । स्पेनको यो चौथो युरो उपाधि हो । युरो कप उपाधि जित्न नसकेको इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कप फाइनलमा पराजित भएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...