कोरियाबाट फर्केकाका लागि पुुनः आवेदन खुला

Published on

काठमाडौं । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् । उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । इपिएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यही साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने छ ।

नेपालले दक्षिण कोरियासँग गरेको समझदारीपत्र (एमओयु) अनुरूप इपिएसमार्फत वैधानिक तवरबाट श्रमिक पठाउँदै आएको छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...