राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार

Published on

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेशप्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौँको काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिनुभयो । त्यस्तै, काठमाडौँको काठमाडौँ महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका– १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका– ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको उहाँको भनाइ छ । यससँगै बैंकको शाखा कार्यालयको सङ्ख्या २९४ पुगेको छ ।

साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका– १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...