अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

Published on

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको हो । गत निर्वाचनमा उहाँले २७ हजार एक सय ६५ मत प्राप्त गर्नुहुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार सात सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

पौडेलको संसदीय यात्रा २०५१ सालबाट सुरु भएको हो । उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको थियो । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी उहाँले पाउनुभयो । वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त हुनुभएको थियो । यसबिच राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादी र एमालेसहितको सरकार गठनमा सहमति जुट्न सकेन । उक्त समय उपप्रधान तथा अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीसँगै २०७९ फागुन १५ गते राजीनामा दिनुभएको थियो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...