अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

Published on

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको हो । गत निर्वाचनमा उहाँले २७ हजार एक सय ६५ मत प्राप्त गर्नुहुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार सात सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

पौडेलको संसदीय यात्रा २०५१ सालबाट सुरु भएको हो । उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको थियो । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी उहाँले पाउनुभयो । वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त हुनुभएको थियो । यसबिच राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादी र एमालेसहितको सरकार गठनमा सहमति जुट्न सकेन । उक्त समय उपप्रधान तथा अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीसँगै २०७९ फागुन १५ गते राजीनामा दिनुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...