चिस्यान केन्द्र कतै निर्माणाधीन, कतै सञ्चालनमा

Published on

काठमाडौं । पाल्पामा कतै चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणाधीन छन् भने कतै सञ्चालनमा छन् । तानसेनको बाघखोरमा एघार वर्षदेखि चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।

रामपुर र रम्भामा भने निर्माण सम्पन्नपछि चिस्यान केन्द्रमा कृषिजन्य वस्तु भण्डारण गरिएको छ । तानसेन नगरपालिका र भारतीय सरकारको सहयोगमा तानसेन–७, बाघखोरमा तीन सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र बनिरहेको छ । लामो समयसम्म अलपत्र बनेको चिस्यान केन्द्र पछिल्लो तीन महिनायता निर्माणले गति लिएको छ । चिस्यान केन्द्रको दोस्रो र तेस्रो ढलान भएको तानसेन नगरपालिकाले जनाएको छ । पहिलो ढलानपछि नौ वर्षसम्म निर्माण अलपत्र बनेको थियो । दश वर्षपछि मूल्य निर्माण कम्पनीले चिस्यान केन्द्र निर्माणको काम अगाडि बढाएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । केन्द्र निर्माणको काम हालसम्म ५० प्रतिशत पुगेको र काम द्रुत गतिमा अगाडि बढेको उहाँले बताउनुभयो । पाल्पा, गुल्मी जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको भण्डारण गरी बेमौसममा बिक्री गर्ने उद्देश्यसहित बाघखोरमा चिस्यान केन्द्र निर्माणको काम भएको थियो ।

तानसेन नगरपालिका र भारतीय सरकारको चार करोड ९९ लाख ९१ हजार रुपियाँमा यहाँ चिस्यान केन्द्र बन्दैछ । आगामी केही महिनाभित्रै यसको निर्माण कार्य सक्ने योजना रहेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाालीले जानकारी दिनुभयो । रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा छ । रामपुर, तनहुँ र स्याङ्जाका किसानलाई फाइदा पुग्ने गरी चिस्यान केन्द्र सञ्चालनमा आएको हो । हाल रामपुरमा रहेको केन्द्रमा दुई सय मेट्रिकटन आलु भण्डारण गरिएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण गैरेले जानकारी दिनुभयो । गएको चैत(वैशाख महिनामा खनेको चिस्यान केन्द्रमा तापक्रम मिलाएर भण्डारण गरिएको छ । किसानले आलु निकालेका बेला आलुको मूल्य २०(२५ रुपियाँ मात्र थियो । नगरपालिकाले सञ्चालन गरेको चिस्यान केन्द्रमा आलुलगायतका तरकारीबाली भण्डारण गरेबापत किसानले प्रतिकेजी ६ रुपियाँ मात्र तिर्नुपर्नेछ । यस्तै, पाल्पाको रम्भामा २५ मेट्रिकटन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा छ । यहाँका किसानले आलु भण्डारण गरेर फाइदा लिएको अगाहाखोला साहारा कृषि सहकारी संस्थाकी व्यवस्थापक सरिता नेपालीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...