चिस्यान केन्द्र कतै निर्माणाधीन, कतै सञ्चालनमा

Published on

काठमाडौं । पाल्पामा कतै चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणाधीन छन् भने कतै सञ्चालनमा छन् । तानसेनको बाघखोरमा एघार वर्षदेखि चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा छ ।

रामपुर र रम्भामा भने निर्माण सम्पन्नपछि चिस्यान केन्द्रमा कृषिजन्य वस्तु भण्डारण गरिएको छ । तानसेन नगरपालिका र भारतीय सरकारको सहयोगमा तानसेन–७, बाघखोरमा तीन सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र बनिरहेको छ । लामो समयसम्म अलपत्र बनेको चिस्यान केन्द्र पछिल्लो तीन महिनायता निर्माणले गति लिएको छ । चिस्यान केन्द्रको दोस्रो र तेस्रो ढलान भएको तानसेन नगरपालिकाले जनाएको छ । पहिलो ढलानपछि नौ वर्षसम्म निर्माण अलपत्र बनेको थियो । दश वर्षपछि मूल्य निर्माण कम्पनीले चिस्यान केन्द्र निर्माणको काम अगाडि बढाएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । केन्द्र निर्माणको काम हालसम्म ५० प्रतिशत पुगेको र काम द्रुत गतिमा अगाडि बढेको उहाँले बताउनुभयो । पाल्पा, गुल्मी जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको भण्डारण गरी बेमौसममा बिक्री गर्ने उद्देश्यसहित बाघखोरमा चिस्यान केन्द्र निर्माणको काम भएको थियो ।

तानसेन नगरपालिका र भारतीय सरकारको चार करोड ९९ लाख ९१ हजार रुपियाँमा यहाँ चिस्यान केन्द्र बन्दैछ । आगामी केही महिनाभित्रै यसको निर्माण कार्य सक्ने योजना रहेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाालीले जानकारी दिनुभयो । रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा छ । रामपुर, तनहुँ र स्याङ्जाका किसानलाई फाइदा पुग्ने गरी चिस्यान केन्द्र सञ्चालनमा आएको हो । हाल रामपुरमा रहेको केन्द्रमा दुई सय मेट्रिकटन आलु भण्डारण गरिएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण गैरेले जानकारी दिनुभयो । गएको चैत(वैशाख महिनामा खनेको चिस्यान केन्द्रमा तापक्रम मिलाएर भण्डारण गरिएको छ । किसानले आलु निकालेका बेला आलुको मूल्य २०(२५ रुपियाँ मात्र थियो । नगरपालिकाले सञ्चालन गरेको चिस्यान केन्द्रमा आलुलगायतका तरकारीबाली भण्डारण गरेबापत किसानले प्रतिकेजी ६ रुपियाँ मात्र तिर्नुपर्नेछ । यस्तै, पाल्पाको रम्भामा २५ मेट्रिकटन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा छ । यहाँका किसानले आलु भण्डारण गरेर फाइदा लिएको अगाहाखोला साहारा कृषि सहकारी संस्थाकी व्यवस्थापक सरिता नेपालीले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...