चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : बङ्गलादेशका प्रधानमन्त्री हसिना

Published on

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताउनुभएको छ । चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमणको क्रममा चीन र बङ्गलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति जनाएका थिए । नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण, स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

एशियाली देशका रूपमा मात्र नभई बङ्गलादेश र चीनको आर्थिक एवम् परम्परागत विषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले उल्लेख गर्नुभयो । अनुसन्धान, शिक्षा, सूचना र सञ्चार , प्रविधि, संस्कृति आदिका क्षेत्रमा सहयोग हुने आशा व्यक्त गर्नुभयो । राष्ट्रपिता बङ्बन्धु शेख मुजीबुर रहमान र आधुनिक स्मार्ट बङ्गलादेशले सपना देखेको सोनार बङ्गलाको निर्माणमा बङ्गलादेश र चीनको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने पनि उहाँले बताउनुभयो । यसै क्रममा आफ्नो भ्रमण बङ्गलादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण भागका रूपमा चिह्नित हुने दाबी उहाँले गर्नुभयो । रासस\सिन्ह्वा

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...