सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बाँकी (विवरणसहित)

Published on

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।

भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । साथै चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ । हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमबार पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेका दुई बस शुक्रबार बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो । वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए । त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा चलानमा भए बमोजिम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए । दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अद्यावधिक विवरण रहेको सह प्रवक्ता थापाले जानकारी दिनुभयो । सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...