मानव–वन्यजन्तु द्वन्द्व कम गर्न कार्यक्रम

Published on

काठमाडौं । बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जलगायत अन्य सरकारी र सामुदायिक वनमा रहेका जङ्गली जनावर बस्तीमा छिरेर सर्वसाधारणको खेतीलाई क्षति पु(याउनुका साथै मानिसमाथि आक्रमण गरेर ज्यान लिने तथा घाइते बनाउने क्रम बढेपछि त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।

सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुशील सुवेदीले जङ्गली जनावरलाई जङ्गलीमै भुलाउन तथा बस्तीमा पस्न नदिन बासस्थान सुधार कार्यक्रम लागु गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम अन्तर्गत पानीको स्रोतको व्यवस्थापन गर्न वन क्षेत्रका विभिन्न १० ठाउँमा सिमसार क्षेत्र निर्माण गरिएको छ भने वन्यजन्तुलाई जङ्गलमै पानी उपलब्ध गराउन कृत्रिम पानी पोखरी निर्माण गरिएका छन् । पानी र खानाका लागि पनि धेरै जनावर बस्ती नजिक पानी भएको ठाउँमा पुग्ने गरेकाले उनीहरूका लागि खानेपानी र घाँसको व्यवस्था जङ्गलमै गरिएको जनाइएको छ । सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुवेदीले जङ्गली जनावरलाई घाँसलगायतका सुविधाका लागि २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान बनाइएको बताउनुभयो । उहाँले घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन विभिन्न गाउँ बस्तीमा सुधारिएको घरगोठ बनाइएको छ । जिल्लामा छ सय सुधारिएको घरगोठ बनाइएको सुवेदीले बताउनुभयो ।

समुदायलाई उद्यमसँग जोड्न उद्यम विकास कार्यक्रम पनि जिल्लामा लागु गरिएको जनाइएको छ । जिल्लामा आठ वटा उद्यम पहिचान भएका छन् । तीनै उद्यममा विभिन्न समुदायलाई संलग्न गराइएको छ । वन अधिकृत सुवेदीका अनुसार जिल्लाका विभिन्न विद्यालयमा इको क्लब गठन गरेर वन र वन्यजन्तु संरक्षणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएका छन् । सामुदायिक वनका उपभेक्ताहरूलाई तालिम प्रदान गरेर क्षमता अभिमुखीकरण गर्दै आएको वन डिभिजन कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...