मानव–वन्यजन्तु द्वन्द्व कम गर्न कार्यक्रम

Published on

काठमाडौं । बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जलगायत अन्य सरकारी र सामुदायिक वनमा रहेका जङ्गली जनावर बस्तीमा छिरेर सर्वसाधारणको खेतीलाई क्षति पु(याउनुका साथै मानिसमाथि आक्रमण गरेर ज्यान लिने तथा घाइते बनाउने क्रम बढेपछि त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।

सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुशील सुवेदीले जङ्गली जनावरलाई जङ्गलीमै भुलाउन तथा बस्तीमा पस्न नदिन बासस्थान सुधार कार्यक्रम लागु गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम अन्तर्गत पानीको स्रोतको व्यवस्थापन गर्न वन क्षेत्रका विभिन्न १० ठाउँमा सिमसार क्षेत्र निर्माण गरिएको छ भने वन्यजन्तुलाई जङ्गलमै पानी उपलब्ध गराउन कृत्रिम पानी पोखरी निर्माण गरिएका छन् । पानी र खानाका लागि पनि धेरै जनावर बस्ती नजिक पानी भएको ठाउँमा पुग्ने गरेकाले उनीहरूका लागि खानेपानी र घाँसको व्यवस्था जङ्गलमै गरिएको जनाइएको छ । सबडिभिजन वन कार्यालय शमशेरगन्जका वन अधिकृत सुवेदीले जङ्गली जनावरलाई घाँसलगायतका सुविधाका लागि २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान बनाइएको बताउनुभयो । उहाँले घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन विभिन्न गाउँ बस्तीमा सुधारिएको घरगोठ बनाइएको छ । जिल्लामा छ सय सुधारिएको घरगोठ बनाइएको सुवेदीले बताउनुभयो ।

समुदायलाई उद्यमसँग जोड्न उद्यम विकास कार्यक्रम पनि जिल्लामा लागु गरिएको जनाइएको छ । जिल्लामा आठ वटा उद्यम पहिचान भएका छन् । तीनै उद्यममा विभिन्न समुदायलाई संलग्न गराइएको छ । वन अधिकृत सुवेदीका अनुसार जिल्लाका विभिन्न विद्यालयमा इको क्लब गठन गरेर वन र वन्यजन्तु संरक्षणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएका छन् । सामुदायिक वनका उपभेक्ताहरूलाई तालिम प्रदान गरेर क्षमता अभिमुखीकरण गर्दै आएको वन डिभिजन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...