मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

Published on

काठमाडौं । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई ११ देखि जुलाई १५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो । पीडितमध्ये बाइस जना वयस्कका साथै भने दुई जना बालबालिका रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ । आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो । मङ्गोलियाभरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...