चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सुरु

Published on

काठमाडौं । चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो । नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि चितवनमा स्वास्थ्य बिमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । अस्पातलले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुनः थालिएको जानकारी दिनुभयो ।

सामान्य नागरिकका लागि बिमा सुविधा निकै प्रभावकारी रहेको छ निर्देशक डा। लम्सालले भन्नुभयो, ‘‘बोर्डले सार्वजनिक गरेको को पेमेन्ट (सह भुक्तानी) ले उपचारमा पैसाको दुरुपयोग रोक्ने छौं । हामी कहाँ २० भन्दा बढी सुपरस्पशलिष्ट सेवा छन्, अन्य अस्पतालमा नभएका सेवा पनि छन्, जसले गर्दा यहाँ आउने बिरामीले गुणस्तरीय र विविध सेवा पाउनेमा हामी विश्वास दिलाउन चाहान्छौं ।’ शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बिमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको छ । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले अन्य केही अस्पतालहरुमा बिमा मार्फत् उपचार गर्दा झन्झटिलो हुने गरेको गुनासो आफूले पनि सुन्ने गरेको भन्दै यस्तो समस्या यहाँ नहुने बताउनुभयो । बिमा सुविधा सिएमसीको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा पनि लागू हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर लगायतका २० भन्दा बढी सुपरस्पेशलिष्ट सेवामा पनि बीमा मार्फत् उपचार गर्न पाइन्छ ।”

स्वास्थ्य बिमा आवद्ध हुने प्रत्येका परिवारले पाँच जनासम्मको वार्षिक तीन हजार पाँच सय र सो माथि परिवार सदस्य रहेमा प्रत्येकको थप सात सय रुपियाँ लाग्छ । किमा सेवा लिने व्यक्ति आफैँले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ । जसलाई बिमा बोर्डले सहभुक्तानी भनी परिभाषित गरेको छ । चितवनमा वघौडा अस्पताल माडी, बकुलहर अस्पताल, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, भरतपुर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, पूरानो मेडिकल कलेज, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, मनकामना अस्पताल र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले हाल स्वास्थ्य बिमा कार्यक्रम चलाइरहेका छन् । चितवन मेडिकल कलेजमा गत आर्थिक वर्षमा एक लाखसम्मको छुट लिनेको सङ्ख्या ९९२ रहेको थियो । निःशुल्क डाइलासिस ६ हजार २३१ सेसन रहेको छ । भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार ३९५ ले सेवा लिएका छन् । गत आर्थिक वर्षमा गरिब, विपन्न छुटअन्तर्गत पाँच करोड ६१ लाख आठ हजार ४१३ रुपियाँ बराबरको उपचार अस्पतालले निःशुल्क दिएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क डेलिभरी (साधारण) र अप्रेशन (शल्यक्रिया) सेवा साथै बाटो खर्च पनि उपलब्ध हुने गरी सुत्केरी सेवा दिँदै आएको छ । डाईलासिस र खोप सेवा पनि निःशुल्क रहेको छ । गत आर्थिक वर्षमा हामीले एक हजार ५५ जनालाई निःशुल्क प्रसुती सेवा दिएको जानकारी दिएको छ । अस्पतालले गत आर्थिक वर्षमा (२०८० साउन १ देखि )८१ असार ३१ गतेसम्म) बहिरंग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार ५५१ रहेका छन् भने एक लाख सात हजार ३९९ जना फलोअप बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा अस्पतालले दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...