सङ्घीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

Published on

काठमाडौं । हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधि पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री हुनुभएको थियो । उहाँ विसं २०५३ सम्म मन्त्री रहनुभयो तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुनुहुन्छ । मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि
नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहनुभएका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा चिनिनुहुन्छ । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिनुभएको थियो । विसं २०४४\४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लाग्नुभएका शाही २०४८–०५१ \ २०५२\५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव हुनुभएको थियो । कांग्रेस जिल्ला सदस्य हुँदै उहाँ विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बन्नुभएका उहाँ झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुनुभएको थियो । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी हुनुभयो । शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गर्नुभएको थियो । शाहीले स्नातक तह उत्तीर्ण गर्नुभएको छ । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...