अनुसन्धानमा लगानी बढाउन आग्रह

Published on

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनका लागि विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५३ औँ वार्षिकोत्सव (सिनास डे) का अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनका लागि राज्यले नै लगानी गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय विश्वविद्यालय अन्तर्गत स्थापित सिनास, सेडा, सेरिड र रिकास्टजस्ता अनुसन्धान केन्द्र पर्याप्त स्रोत साधन अभावमा सीमित भूमिकामा खुम्चिनुपरेकोप्रति भण्डारीले दुःखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यी ‘थिङ्क ट्याङ्क’ संस्था सीमित भूमिकामा खुम्चिनुपरेको थाहा पाउँदा मलाई दुःख लागेको छ । राष्ट्रका लागि आवश्यक विषयमा प्रमाणमा आधारित ज्ञान उत्पादन गरी नीति निर्माणमा उपयोग गर्ने उद्देश्यले स्थापित यी संस्थामा राज्यले लगानी बढाउनु पर्छ ।” राज्यले अवलम्बन गर्ने नीति अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु आवश्यक रहेको बताउँदै भण्डारीले आन्तरिक तथा अन्तर्राष्ट्रिय मामिलामा गरिने अनुसन्धान राज्यकै लगानीमा हुनुपर्ने बताउनुभयो । यस्ता अनुसन्धानले मुलुकका लागि दीर्घकालीन महत्त्व राख्ने पनि सो अवसरमा भण्डारीले बताउनुभयो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्राडा केशरजङ्ग बरालले अनुसन्धान केन्द्र अनुसन्धान गरेर आफैँ सक्षम हुनुपर्ने बताउनुभयो । विगतमा अनुसन्धान केन्द्रलाई विश्वविद्यालयले सहयोग गरेको बताउँदै उपकुलपति बरालले अब भने अनुसन्धान केन्द्रले कमाएर विश्वविद्यालयलाई आर्थिक सहायता गर्नुपर्ने बताउनुभयो । सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले सिनासले अनुसन्धान गर्नका लागि दातृनिकायबाट प्रशस्त सहयोग ल्याउन सक्ने भए पनि त्यसरी सहयोग ल्याउँदै दातृनिकायकै एजेन्डालाई अघि बढाउनुपर्ने भएकाले समस्या भएको बताउनुभयो । सो अवसरमा विद्यादेवी भण्डारी राष्ट्रपति रहनुभएको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा गर्नुभएको सम्बोधनलाई एकीकृत गरेर प्रकाशन गरिएको पुस्तक ‘सम्बोधन’ को लोकार्पण गरिएको थियो । पुस्तक सिनासले प्रकाशन गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...