ढुंगा लागेर महिलाको मृत्यु

Published on

काठमाडौं । बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।

सोही वडाको गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्कने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ । घटनास्थल मंगलसेन–सुवाखाँद–वस्ती सडक खण्ड नजिक रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...