समाधानमुखी पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

Published on

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनका लागि सक्रियता देखाएको पनि उहाँले जानकारी गराउनुभयो । युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत कडा निगरानी भइरहेको बताउँदै उहाँले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन सबै मिडियाकर्मीको जिम्मेवारी भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन सके त्यसबाट प्रयोगकर्ता लाभान्वित हुने उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...