समाधानमुखी पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

Published on

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनका लागि सक्रियता देखाएको पनि उहाँले जानकारी गराउनुभयो । युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत कडा निगरानी भइरहेको बताउँदै उहाँले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन सबै मिडियाकर्मीको जिम्मेवारी भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन सके त्यसबाट प्रयोगकर्ता लाभान्वित हुने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...