काठमाडौं । गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितवन माडी नगरपालिका वडा नम्बर ८ शिवद्वार स्थित मगर होम स्टेमा काम गर्ने क्रममा साईला भन्ने ४० वर्षीय मिलन लामालाई गैंडाले आक्रमण गरेको हो ।
स्थानिय रामचन्द्र ढकालको खेतमा काम गर्ने क्रममा बुधबार बिहान ३ः३० बजे गैंडाले आक्रमण गरेको हो ।
चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले घाइते लामाको माडी अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । गैंडाको आक्रमणबाट लामाको छातिको बायाँ पट्टि गहिरो चोट छ । सिन्धुली घर भइ भएका लामा माडी नपा ८ शिवद्वारस्थित मगर होमिस्टेमा काम गर्दै आउनुभएको छ । गोरखापत्र