अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते

Published on

काठमाडौं । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ । विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्पतालमा लगिएको छ । प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍यायाएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको खामा प्रेसले जनाएको छ । प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

तीव्र वर्षा र असिनाबाट भएको विनाशले प्रभावित मानिसको पीडा कम गर्न तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्न ठोस राहत उपायहरूको आवश्यकतालाई औंल्याएको छ । खामा प्रेसका अनुसार प्रभावित परिवार तथा समुदायको समर्थनमा जोड दिँदै अधिकारीहरूले उद्धार र पुनः प्राप्ति प्रयास जारी राखेका छन् भने आवश्यक सहयोग प्राप्त गर्न सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । रासस\एएनआई

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...