अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते

Published on

काठमाडौं । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ । विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्पतालमा लगिएको छ । प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍यायाएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको खामा प्रेसले जनाएको छ । प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

तीव्र वर्षा र असिनाबाट भएको विनाशले प्रभावित मानिसको पीडा कम गर्न तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्न ठोस राहत उपायहरूको आवश्यकतालाई औंल्याएको छ । खामा प्रेसका अनुसार प्रभावित परिवार तथा समुदायको समर्थनमा जोड दिँदै अधिकारीहरूले उद्धार र पुनः प्राप्ति प्रयास जारी राखेका छन् भने आवश्यक सहयोग प्राप्त गर्न सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । रासस\एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...