लुम्बिनीमा बाह्य पर्यटक बढे

Published on

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको छ । सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा यहाँ भारतीय र तेस्रो मुलुकका पर्यटक बढेका हुन् । तर, यो अवधिमा आन्तरिक पर्यटक भने घटेका छन् । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को जनावरीदेखि जुन महिनासम्म भारतीय र तेस्रो मुलुकका दुई लाख चार हजार ६९४ जना पर्यटक लुम्बिनी आएका छन् । ‘पछिल्लो समय भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी आएका छन्, यसले भारतीयहरुप्रति लुम्बिनी घुम्नुपर्छ भन्ने बानीको विकास भएको देखिन्छ’, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भन्नुभयो । कोषका अनुसार पछिल्लो ६ महिनामा भारतबाट एक लाख ५२ हजार ५२० जना पर्यटक लुम्बिनी घुम्न आएका छन् । सन् २०२३ को यो अवधिमा एक लाख ३३ हजार १७९ भारतीय लुम्बिनी आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको बस्नेतले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, लुम्बिनीमा राम कथा वाचन लगायतले पनि भारतका पर्यटकको लुम्बिनीप्रति मोह बढेको देखिन्छू, उहाँले भन्नुभयो ।

विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटक पनि बढेको बताउनुभयो । कोषका अनुसार पछिल्लो ६ महिनामा तेस्रो मुलुकका (पासपोर्ट होल्डर) ५२ हजार १७४ पर्यटक लुम्बिनी घुमेका छन् । सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ जना मात्रै विदेशी पर्यटक आएका थिए । गतवर्ष भन्दा यो वर्ष १२ हजार बढी विदेशी पर्यटक लुम्बिनी घुमेका हुन् । लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा तीन लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा तीन लाख ५५ हजार ८५० जना नेपालीहरु लुम्बिनी घुमेका थिए । कोषका अनुसार पछिल्लो ६ महिनामा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरुमा सबैभन्दा बढी थाइल्यान्डका छन् । उक्त देशबाट १२ हजार २४४ जना पर्यटक आएका छन् । यस्तै, श्रीलंकबाट नौ हजार २६५, म्यानमारबाट सात हजार २९५ र चीनबाट ६ हजार ७३४ जना पर्यटक लुम्बिनी आएका छन् । भियतनामबाट तीन हजार ८११, दक्षिण कोरियाबाट दुई हजार ७२२ र जर्मनीबाट एक हजार ११९ जना पर्यटक लुम्बिनी भ्रमणका आएको राईले बताउनुभयो । अन्य मुलुकको आगमन दर हजार भन्दा कम छू, उहाँले भन्नुभयो, विस्तारै बढ्ने हाम्रो अपेक्षा छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...