निक्षपक्षता, पारदर्शिता र व्यवसायिकतामा कमी हुन नदिनुः मन्त्री लेखक

Published on

काठमाण्डौं २ साउनः गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । गृह मन्त्रीको नेतृत्व सम्हालेपछि बुधबार बिहान प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि संबोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन नहुने बताउनुभयो । संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौं, राज्य र नागरिकका सम्वन्धका कुरा गरेका छौं । ” मन्त्री लेखकले भन्नुभयो– ती आफै परिचालित र क्रियाशिल हुने होइनन् । उहाँले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताउनुभयो ।


लोकतन्त्र कुनै अमूर्त विषय होइन ।” मन्त्री लेखकले भन्नुभयो–“ नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभुत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो । निक्षपक्षता, पारदर्शिता र व्यवसायिकतामा कुनै हालतले कमी हुन नदिन निर्देशन समेत दिनुभयो । “ उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ।” लेखकले भन्नुभयो–“ हामी त्यसमा प्रतिवद्ध छौं । गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भएपनि संसदमा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उहाँको भनाई थियो ।
“ नेपाल पहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो ।” उहाँले भन्नुभयो–“ कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम भूमिका रहेको छ ।”

सिमित स्रोतसाधन र जनशक्तिका बिच प्रहरीले काम गरिरहेको बताउँदै मन्त्री लेखकले भन्नुभयो–“ प्रहरी संगठन थप सुदृढ र क्रियाशिल पनि प्रहरी ऐन संशोधन आवश्यक छ । उहाँले प्रहरी सम्वन्धी सबै कानुनहरु समयसायिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसदमा पुयाउने गतिमा अघि बढ्नेमा जोड दिनुभयो ।
कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उहाँको भनाई छ । मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको” लेखकले भन्नुभयो–“ त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुख पीडा र अपठ्यारोमा परेको मानिसले तपाईहरुलाई सम्झिन्छ ।
सो अवसरमा गहृ सचिब एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरले मन्तव्य राख्नुभएको थियो ।
मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर शहीद प्रहरीको शालिकमा माल्यार्पाण गर्नुका साथै विभिन्न विभागहरुको अनुगमन गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...