‘प्रवासीको देश हुन्न’ माथि अन्तर्क्रिया

Published on

काठमाडौं । प्रवासमा बसेर साहित्यमा कलम चलाइ रहेका आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ हालै बजारमा आएको कृति हो । सम्पूर्ण किताब नारायणगढले चितवनका पाठकहरू माझ ‘प्रवासीको देश हुन्न’माथि अन्तरक्रिया गराएको छ ।

बाध्यता र रहरले बिदेसिएका नेपाली नागरिकले रगत पसिना बगाएर नै केही धन लाभ गरी स्वदेश फर्कन परेको र स्वदेश फर्कँदा पनि नेपालमा नेपाली पन नपाउँदा परदेशी जस्तो हुनुपरेको कथा ‘प्रवासीको देश हुन्न’ मा समेटिएकोमा वक्ताहरूले जोड दिए । समालोचक तथा प्राध्यापक गायत्री श्रेष्ठले पञ्चमले प्रवासमा बसेर पनि कथामार्फत नेपाली भाषा र जनजीवन सम्झनु, गुन्द्रुक र मस्यौरा पनि सम्झनु , दसैँ, तिहार, तीज र रोदीघर सम्झनु देशप्रतिको माया दर्साउनु भएको टिप्पणी गर्नुभयो । “पञ्चमका कथामा मेहनत र पाखुरीको मूल्यको चर्चा छ”,उहाँले भन्नुभयो ।

कथाकार प्रा।डा। हरिहर पौडेलले देश वा परदेश जहाँ बसे पनि नेपाली नेपाली नै भएकाले परदेशमा बस्नेहरू माथि हेयका दृष्टिले हेरिने परिपाटीको अन्त हुनुपर्ने बताउनुभयो । “मान्छे कति बाध्यताले बिदेसिएको होला । कति ऋण नै काढेर परदेश हानिएका छन् । उनीहरूलाई परदेशी बनाउन थालियो भने नेपाली चाहिँ को हुने रु”, उहाँको प्रश्न थियो । उहाँले पसिना बगाउँदा बगाउँदै कतिपयले ज्यान गुमाएर बाकसमा स्वदेश फर्किन बाध्य भएका प्रसङ्ग उठान गरेर पञ्चमका कथामा प्रवासको जीवन कठिन र कहाली लाग्दो करुण विदारक देखाइएको बताउनुभयो । ‘प्रवासीको देश हुन्न’ मा १४ वटा कथा छन् । सबै कथा युरोपको सेरोफेरोमा रहेर लेखिएको छ । लेखक पञ्चम अधिकारीले स्वदेशको याद, युवावस्थाको पुरानो सम्झना र परदेशमा आएर बुनिएको सपनामै केन्द्रित रहेर आफूले कथा तयार गरेको बताउनुभयो ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम साहित्यकार गोविन्दराज विनोदले प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा लागि पर्ने पञ्चम जस्ता कम प्रवासी रहेका बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार वसन्त पराजुलीले कथाकार अधिकारीको लेखन यात्राको सफलताको कामना गनुभयो । शिखा बुक्सले प्रकाशन गरेको ‘प्रवासीको देश हुन्न’ अघि पंचमको ‘पथिक प्रवासन’ (२०६७) उपन्यास प्रकाशित छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...