कौशिकी आरती सुरु

Published on

काठमाडौं । चतराधाममा कौशिकी आरती सुरु गरिएको छ । साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा कौशिकी आरती सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वराहक्षेत्र नगरपालिकाले जगत्गुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महìव बढाउन सन्ध्याकालीन कौशिकी आरती सुरु गर्ने पालिकाले नीति तथा कार्यव्रममै समावेश गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।

साउन १ गतेदेखि सुरु भएको सन्ध्याकालीन आरती महिनाको हप्तामा दुई पटक शनिबार र आइतबार गरिने जनाइएको छ । भदौ लागेपछि भने कार्यतालिका परिमार्जन गरिने पालिकाले जनाएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा सन्ध्याकालीन कौशिकी आरती सुरु गरिएको थियो । धार्मिक पर्यटक वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिसमहल र औलिया मठको दर्शनपछि साँझमा कौशिकी आरतीमा सहभागी हुन पाऊन् भनेर आरतीलाई निन्तरता दिन सुरु गरेको नगर प्रमुख कार्कीले बताउनुभयो । तत्कालीन मन्त्री रामकुमार सुब्बाले कौशिकी नदीमा महाआरतीको उद्घाटन गरे पनि निरन्तता पाउन नसक्दा बिचमा रोकिएको थियो । सङ्गीतमय कौशिकी आरतीमा श्रद्धालुले सहभागिता जनाउने र धार्मिक पर्यटनले नगर क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । सात वटा कोशी मिलेर बनेको सप्तकौशिकी नदी किनारमा बनाइएको सिँढी चौतालको खुला ठाउँमा तीन जना गुरुले दैनिक साँझ महाआरती गरिने जनाइएको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...