कौशिकी आरती सुरु

Published on

काठमाडौं । चतराधाममा कौशिकी आरती सुरु गरिएको छ । साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा कौशिकी आरती सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वराहक्षेत्र नगरपालिकाले जगत्गुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महìव बढाउन सन्ध्याकालीन कौशिकी आरती सुरु गर्ने पालिकाले नीति तथा कार्यव्रममै समावेश गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।

साउन १ गतेदेखि सुरु भएको सन्ध्याकालीन आरती महिनाको हप्तामा दुई पटक शनिबार र आइतबार गरिने जनाइएको छ । भदौ लागेपछि भने कार्यतालिका परिमार्जन गरिने पालिकाले जनाएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा सन्ध्याकालीन कौशिकी आरती सुरु गरिएको थियो । धार्मिक पर्यटक वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिसमहल र औलिया मठको दर्शनपछि साँझमा कौशिकी आरतीमा सहभागी हुन पाऊन् भनेर आरतीलाई निन्तरता दिन सुरु गरेको नगर प्रमुख कार्कीले बताउनुभयो । तत्कालीन मन्त्री रामकुमार सुब्बाले कौशिकी नदीमा महाआरतीको उद्घाटन गरे पनि निरन्तता पाउन नसक्दा बिचमा रोकिएको थियो । सङ्गीतमय कौशिकी आरतीमा श्रद्धालुले सहभागिता जनाउने र धार्मिक पर्यटनले नगर क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । सात वटा कोशी मिलेर बनेको सप्तकौशिकी नदी किनारमा बनाइएको सिँढी चौतालको खुला ठाउँमा तीन जना गुरुले दैनिक साँझ महाआरती गरिने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...