सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

Published on

काठमाडौं । सुुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् ।

जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३ जना बालबालिका हुँदा निकै समस्या रहेको बताइन्छ । क्षमताभन्दा बढी बालबालिका भएका कारण व्यवस्थापनमा समस्या भएको बाल सुधारगृहका निमित्त प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताउनुुभयो । सुधारगृहमा ११ देखि २३ वर्षसम्म उमेरका बालबालिका छन् । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोग लागेका बालबालिकालाई सुधारगृहमा राख्ने गरिएको छ । यस बालगृहमा क्षमताभन्दा बढी बालबालिका भएपछि तराईका कैलाली र कञ्चनपुरका बालबालिकालाई बाँकेमा रहेको सुधारगृहमा पठाउने गरिएको छ । २०७५ सालअघि १६ वर्ष उमेर पार गरेका बालबालिकालाई कारागार पठाउने गरिन्थ्यो । बालबालिका ऐन २०७५ जारी भएपछि भने १६ वर्ष उमेर पार गरिसकेपछि पनि सुधारगृहमै राख्नुुपर्ने व्यवस्था गरिएको छ ।

कानुनी व्याख्या अनुुसार बालबालिकाको उमेर पार भइसकेपछि पनि सुधारगृहमा नै राख्नुुपर्ने भएकाले बालबालिकाको सङ्ख्या वृद्धि हुुँदै गएको निमित्त प्रशासकीय अधिकृत लिम्बूले बताउनुुभयो । बाल सुधारगृह पनि साबिकको महिला विकास कार्यालयमा राखिएको छ । यहाँ बालबालिकाका लागि सुत्ने व्यवस्थासमेत पर्याप्त छैन । उक्त भवनको हलभित्र सुत्ने व्यवस्था गरिएको छ । फराकिलो संरचना नहुँदा सुधारगृहका बालबालिका एकै स्थानमा कोचिएर बस्न बाध्य छन् । “बालबालिकाको चौतर्फी विकास हुने गरी सुधारगृहमा राख्नुुपर्ने हो,” सुधारगृहमा राखिएका अछामका एक बालकका अभिभावकले भन्नुुभयो, “खेल्नका लागि मैदान छैन, बस्नका लागि उचित व्यवस्था छैन । आपसमा कुुटाकुुट गर्ने गरेको खबर आउँछ, सुधारगृह होइन यातना गृह जस्तै भएको छ ।” सुधारगृहका लागि भौतिक संरचना नै उपयुक्त नभएको गुनासो आउन थालेको छ । बालबालिका भाग्न सक्ने जोखिम पन उत्तिकै रहेको छ । भवन वरिपरि काँडेतार लगाई सुरक्षा दिने व्यवस्था गरिएको छ ।

सङ्ख्यात्मक रूपमा बालबालिका बढी भए पनि जेनतेन व्यवस्थापन भइरहेको सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुुभयो । सुधारगृहका लागि फराकिलो व्यवस्थित संरचनाको आवश्यकता छ, खेल मैदानको अभाव छ, सुत्न कोठा, नुहाउन धारा, पानी र अन्य सामग्री छैनन् । क्षमताभन्दा बढी बालबालिका भए पनि जेनतेन व्यवस्थापन भइरहेको बताइन्छ । सुधारगृहमा जबरजस्ती करणी र कर्तव्यज्यान मुुद्दामा संलग्न बालबालिका धेरै रहेका छन् । जबरजस्ती करणी मुुद्दाका ३३, कर्तव्यज्यान मुुद्दाका १४, चोरी मुुद्दाका चार, सवारी ज्यान र आत्माहत्या दुरुत्साहनलगायत ५३ जना बालबालिका रहेका छन् । डोटी, अछाम, बझाङ, बाजुुरा, बैतडी, दार्चुला र डडेलधुरा जिल्लाका बालबालिका यहाँको सुधारगृहमा राख्ने गरिएको छ । देशभरमा जम्मा आठ वटा बाल सुधारगृह मात्र स्थापना भएका छन् । सोमध्ये डोटीमा रहेको यो सुधारगृह एक हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...