वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुरा गर्नुहुँदै कांग्रेस नेता निधिले कांग्रेस र नेकपा (एमाले) वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित रहको बताउनुभएको हो । वर्तमान सरकार टिकाउ हुने र विसं। २०८४ सालसम्म वर्तमान सरकार टिक्ने उहँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउनेछ र यस सरकारलाई कांग्रेसले पूर्णरुपमा सहयोग गर्नेछ ।” यस्तै, वर्तमान सरकारमा आफू सहभागी हुने कुनै योजना नरहेकाले वर्तमान सरकारमा जाने नजाने कुरालाई गम्भीरतापूर्वक नलिएको नेता निधिको भनाइ छ ।

यसैगरी, मधेश प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जानकारी दिनुहुँदै नेता निधिले भन्नुभयो, “कांग्रेसले अहिलेको जनमत पार्टीको नेतृत्वको मुख्यमन्त्रीलाई समर्थन गरेको छ, कांग्रेसले पाउने मन्त्रालयबारे छलफल पनि हुँदैछ, निश्चित मन्त्रालय नपाए सरकारमा नजाने भन्ने कुरा असान्दर्भिक हो । त्यसकारण छलफलबाट मन्त्रालय टुङ्गो लाग्छ र सहमति हुन्छ । उहाँले छलफलबाट मन्त्रालयको टुङ्गो लागेपछि कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लाग्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...