देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनु भएको छ ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनु भयो । देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनु भयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनु भयो । उहाँले देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यस कारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । प्रशंसा गर्न लायक छ । भविष्य उज्ज्वल छ । त्यसमा कुनै सन्देह छैन तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ । उहाँले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...