नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

Published on

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो । अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउनुहुँदै उहाँले अहिले देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको औंल्याउनुभयो । उहाँले मुख्य दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बिचमा पनि अहिले दुई ठुला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभयो ।

‘‘हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौंथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौंथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले देश साँच्चै अप्ठ्यारो स्थितिमा रहेको महशुस गरेका छौँ । यो स्थितिको सामना कसरी गर्ने रु हेरेर बस्ने की समाधानका लागि अघि बढ्नेभन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘तर्क छन् नि मुख्य ठुला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरङ्कुशता बढ्छ आदी । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ । उहाँले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेको पनि बताउनुभयो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...