नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

Published on

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो । अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउनुहुँदै उहाँले अहिले देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको औंल्याउनुभयो । उहाँले मुख्य दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बिचमा पनि अहिले दुई ठुला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभयो ।

‘‘हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौंथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौंथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले देश साँच्चै अप्ठ्यारो स्थितिमा रहेको महशुस गरेका छौँ । यो स्थितिको सामना कसरी गर्ने रु हेरेर बस्ने की समाधानका लागि अघि बढ्नेभन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘तर्क छन् नि मुख्य ठुला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरङ्कुशता बढ्छ आदी । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ । उहाँले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेको पनि बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...