मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो । बिहीबार जनकपुरधाम विमानस्थालमा जसपाका अध्यक्ष यादवले विगतमा जसपाले पूर्णता दिएर स्थिर सरकार चलाएका कारण अहिले पनि मधेश प्रदेश सरकारलाई स्थिर राख्न जसपा नेपालको नै अवश्यकता रहेको जिकिर गर्नुभयो । उहाँले केन्द्रीय राजनीतिको अभ्यास गलत भइरहेका कारण प्रदेशमा पनि केन्द्रकै असर परेको बताउनुभयो । केन्द्रकै गलत अभ्यासका कारण प्रदेशमा राजनीतिक अस्थिरता बढेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “केन्द्र सरकार अस्थिर हुनुको अर्थ प्रदेश सरकार अस्थिर हुन हो, त्यसकारण केन्द्रको अस्थिरताको असर तलसम्म परेको हो, त्यसमा पनि मधेशमा अझै बढी परेको छ ।”

देश अहिले अनिश्चितता र अन्योलमा चलेको छ, त्यसमा पनि मधेशमा त्यो प्रवृत्ति अझै बढी छ, त्यसकारण राजनीतिक हैसियत र अन्योल नेपालका लागि नयाँ विषय रहेको बताउनुहुँदै अध्यक्ष यादवले केन्द्रको असर प्रदेशमा पर्नु स्वाभाविक रहेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...