भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

Published on

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी छन् ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई दुई लाख नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको प्रहरीले जनाएको छ । साथै भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले आफू बस्ने फ्ल्याटमा लगी बन्धक बनाई घरेलु काममा लगाई यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

त्यसपछि युएईमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनी प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍य ई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए । अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...