मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न निर्देशन

Published on

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले जनताको गुनासोलाई ध्यानमा राखी मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । अनामनगरस्थित मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयको बिहीबार गर्नुभएको निरीक्षण तथा सो कार्यालयको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री यादवले निर्देशन दिनुभएको हो । उहाँले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन, पानी प्रशोधन केन्द्रहरूको निर्माण तथा सञ्चालनलगायतको आयोजनाबारे जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो, “ मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो । मेलम्ची खानेपानी आयोजनाको पानी वर्षभरि काठमाडौँका बासिन्दालाई पु(याएर देखाउनु पर्छ ।” गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...