मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न निर्देशन

Published on

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले जनताको गुनासोलाई ध्यानमा राखी मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । अनामनगरस्थित मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयको बिहीबार गर्नुभएको निरीक्षण तथा सो कार्यालयको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री यादवले निर्देशन दिनुभएको हो । उहाँले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन, पानी प्रशोधन केन्द्रहरूको निर्माण तथा सञ्चालनलगायतको आयोजनाबारे जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो, “ मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो । मेलम्ची खानेपानी आयोजनाको पानी वर्षभरि काठमाडौँका बासिन्दालाई पु(याएर देखाउनु पर्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...