काठमाडौं । म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका –४, र मङ्गगला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतमा पहिरो गएको छ ।
सडक माथिबाट झरेको पहिरोका कारण एकसातादेखि यातायात अवरुद्ध भएको छ । सिधा यातायात अवरुद्ध भएपछि मंगला, मालिका र धवलागिरी गाउँपालिकाका सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ । गोरखापत्र