राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

Published on

काठमाडौं । नेपाली काँग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् ।

काँग्रस र एमालेले विहीबार संयुक्त रुपमा भनेका छन्, ‘आर्थिक वर्ष २०८१–८२ को प्रदेश बजेट नै आउन नसकी आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न दुई दलका नेताले आग्रह गरेका छन् । यो गम्भीर परिस्थितिमा सम्वेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सदस्यलाई आग्रह गर्दछौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदा रहँदै बजेटमाथिको छलफल अलपत्र परेको छ ।

प्रदेश सरकारले समय छँदै प्रदेश सभामा बजेटमाथिको छलफल गराउनु पर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी समेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुगाएको काँग्रेस र एमालेका सांसदको आरोप छ । काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाद्वारा सयुक्त रुपमा जारी विज्ञप्तिमा प्रदेश सरकारले आर्थिक ऐनमार्फत आम्दानी गर्ने र विनियोजन ऐनमार्फत खर्च गर्न पाउने कानुनी प्रबन्ध भएको तर ऐनहरु पारित नभएकाले कर उठाउन र जनताले सेवा लिन पनि कठिन भएको उल्लेख छ । २०८१ बैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई जना र एक जना स्वतन्त्र सदस्यको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुन भएको थियो । केन्द्रमा बनेको गठबन्धन भत्किएर नयाँ समिकरण बनेपछि प्रदेशमा एमालेले सरकार छाडेको थियो । मुख्यमन्त्री सोडारी संविधानले दिएको सुविधा अनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै चुप बस्नु भएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...