राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

Published on

काठमाडौं । नेपाली काँग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् ।

काँग्रस र एमालेले विहीबार संयुक्त रुपमा भनेका छन्, ‘आर्थिक वर्ष २०८१–८२ को प्रदेश बजेट नै आउन नसकी आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न दुई दलका नेताले आग्रह गरेका छन् । यो गम्भीर परिस्थितिमा सम्वेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सदस्यलाई आग्रह गर्दछौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदा रहँदै बजेटमाथिको छलफल अलपत्र परेको छ ।

प्रदेश सरकारले समय छँदै प्रदेश सभामा बजेटमाथिको छलफल गराउनु पर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी समेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुगाएको काँग्रेस र एमालेका सांसदको आरोप छ । काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाद्वारा सयुक्त रुपमा जारी विज्ञप्तिमा प्रदेश सरकारले आर्थिक ऐनमार्फत आम्दानी गर्ने र विनियोजन ऐनमार्फत खर्च गर्न पाउने कानुनी प्रबन्ध भएको तर ऐनहरु पारित नभएकाले कर उठाउन र जनताले सेवा लिन पनि कठिन भएको उल्लेख छ । २०८१ बैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई जना र एक जना स्वतन्त्र सदस्यको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुन भएको थियो । केन्द्रमा बनेको गठबन्धन भत्किएर नयाँ समिकरण बनेपछि प्रदेशमा एमालेले सरकार छाडेको थियो । मुख्यमन्त्री सोडारी संविधानले दिएको सुविधा अनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै चुप बस्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...