प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

Published on

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका छन् ।

बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनाशकारी गतिविधि गरेको उल्लेख छ । बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले हालसम्म अधिकतम धैर्य कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधि जारी रहे कानुनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ । निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु भएको प्रदर्शन तथा झडपमा यस हप्तामा ३९ जनाको मृत्यु भएको छ भने बिहीबार एकै दिनमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ । बङ्गलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ। रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...