प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

Published on

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका छन् ।

बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनाशकारी गतिविधि गरेको उल्लेख छ । बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले हालसम्म अधिकतम धैर्य कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधि जारी रहे कानुनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ । निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु भएको प्रदर्शन तथा झडपमा यस हप्तामा ३९ जनाको मृत्यु भएको छ भने बिहीबार एकै दिनमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ । बङ्गलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ। रासस\एएफपी

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...