‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ सार्वजनिक

Published on

काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको योगदानप्रति आदर, श्रद्धा र सम्मान प्रकट गर्न ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ प्रकाशन गरिएको छ । नई प्रकाशनले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा, शिक्षाविद प्रा।डा।सुरेशराज शर्मा र वरिष्ठ समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले सामूहिकरुपमा सो ग्रन्थ लोकार्पण गर्नुभयो ।

कृतिमाथि समीक्षा गर्नुहुँदै प्रा केशव सुवेदीले पूर्वप्रधानमन्त्री विष्ट राजनीति र नैतिकतालाई जोडेर हिँड्न सक्ने नेताका रुपमा स्थापित हुनुभएको बताउनुभयो । कृतिमा लेखकहरुले उहाँ आर्थिक विवादमा नमुछिनुभएको विषयसमेत उल्लेख गरेको जानकारी समीक्षक सुवेदीले दिनुभयो । वि.सं.२०४७ पछि अरु पञ्चहरु बसाइँ सरे पनि विष्ट भने आदर्शमा अविचलित रहनुभएको र पूर्वप्रधानमन्त्रीका रुपमा राज्यबाट कुनै पनि सुविधा नलिएको विषयलाई पनि कृतिमा स्थान दिइएको छ । कुनै प्रचार प्रसार नखोजी बस्ने नेताका रुपमा पनि विष्टलाई चिनिन्छ । नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित कृतिमा पूर्वप्रधानमन्त्री विष्टको योगदानको विवरण उल्लेख गरिएको छ ।

नई प्रकाशनको एक सय ८३ औँ कृतिका रुपमा ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ ग्रन्थ प्रकाशित भएको हो । पाँच सय ८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेताहरु सिपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा।भेषबहादुर थापा, समाजसेवी भद्रकुमारी घले, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीसमेत ६९ जना व्यक्तित्वका लेख समेटिएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...