आयात घट्दा खुम्चियो राजस्व

Published on

काठमाडौं । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०\८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।

आव २०७९-८० मा एक खर्ब ५५ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा भन्सार कार्यालयले ७६ अर्ब ८९ करोड मात्रै सङ्कलन गरेको थियो । भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो । खास गरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ । भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडिमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताउनुभयो । उहाँले राजस्व घट्यो भनेर चिन्ता मात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...