आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम

Published on

काठमाडौं । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

कार्यक्रममा थेरावडा सङ्घ, महायाना सङ्घ र वज्रयान सङ्घले विधिपूर्वक प्रार्थना गरेका थिए । बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो । नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीच साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रुपमा चित्रण गरेको बताउनुभयो । नियोग उप–प्रमुखले श्रीवास्तवले शताब्दीयौँदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रुपमा रहेको धारणा राख्नुभयो । भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो ।

विहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ का रुपमा चिन्ने गरिन्छ । रासस

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...