मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

Published on

काठमाडौं । शुक्रबार राती भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

भरतपुर २ घर हुनुभएको श्रेष्ठको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राती करिब ९ः३० बजेको समयमा ठक्कर दिएको थियो । मोटरसाइकल चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन् । महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ । घटना शुक्रबार भएपछि घाइतेको मृत्यु भएपछि मात्र प्रहरीले दुर्घटनाको विषयमा आइतबार दिउसो जानकारी दिएको हो । गोरखापत्र

ताजा समाचार

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौँ । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य...

भारतीय अन्तरिक्ष मिसन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा...

एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई...