राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

Published on

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गर्नुभएको हो । अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ । उहाँले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गर्नुभएको हो । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागु हुन्छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...