काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनित गरेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा उक्त निर्णय गरिएको हो।
बैठकले सात सदस्यीय पार्टी सचिवालय गठन गर्दै पार्टीको संगठनलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। साथै, पहिलो महाधिवेशनको समीक्षा गर्दै आगामी स्थानीय तह निर्वाचनका लागि भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’को आवेदन खुला गर्ने निर्णय गरिएको छ।
यससँगै मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन नियमित समन्वय गर्ने, नागरिकका गुनासो सुन्न केन्द्रदेखि जिल्ला तहसम्म सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गर्ने तथा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ विशेष रूपमा मनाउने निर्णय पनि बैठकले गरेको छ।

