‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

Published on

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको छ। पहिलो चरणमा देशभरका ५० हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको हुलाक विभागले जनाएको छ।

स्मार्ट हुलाकमार्फत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य परीक्षण प्रतिवेदनजस्ता सरकारी कागजात घरमै पुर्‍याउने सेवा विस्तार गरिएको छ। विभागका अनुसार हालसम्म दुई लाख ३७ हजारभन्दा बढी राहदानी र आठ लाख ८१ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको छ भने हजारौं सेवाग्राहीले घरमै सेवा पाइसकेका छन्।

सरकारले हुलाकलाई परम्परागत पत्र वितरणमा सीमित नराखी डिजिटल र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित देशभर ‘स्मार्ट हुलाक’ कार्यक्रम चरणबद्ध रूपमा विस्तार गर्ने जनाएको छ।

spot_img

ताजा समाचार

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...

देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा...