प्रभु महालक्ष्मी लाइफद्वारा बिमितकाे दावी भुक्तानी

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगर स्थित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मृतक बिमितको दावी भुक्तानी गरेकाे छ । बिमारी भई मृत्युु हुनुभएकी महेन्द्रनगर कै बिमित काेकिला खातीकाे मृत्यु दावी भुक्तानी गरिएको हाे ।
कम्पनीले मृत्यु भएकी बिमितकाे घरमै गरि मृतृकका आफन्तलाई ५ लाख ४५ हजार रुपैयाँ दावी भुक्तानी गरिएको प्रभु महालक्ष्मी लाइफ महेन्द्रनगर कार्यालयका प्रमुख लक्ष्मी भट्ट (थापा) ले जानकारी दिनुभयो ।
“मानव जीवनमा बिमाकाे एकदमै धेरै आवश्यकता हुने गर्दछ, जस अनुसार हामीले प्रत्यक्ष रुपमा मृत्यु भएका बिमितलाई दावी भुक्तानी प्रदान गरेकाे छाैँ ।” प्रमुख लक्ष्मी भट्ट(थापा) ले भन्नुभयो, “हामी अन्य आम नागरिकलाई समेत बिमा गर्न सुझाव दिन्छाै, आकस्मिक जीवन घटना जस्ता कुराहरुमा बिमाले प्रत्यक्ष सहयाेग गर्ने गर्दछ ।
दावी भुक्तानीकाे क्रममा वेतकाेट नगरपालिका-३ का वडाध्यक्ष माेहन गुरधामी सँगै कम्पनीकाे तर्फबाट हरिश अवस्थी, हरिश जाेशी, वरिष्ठ एजेन्सी म्यानेजर राजेन्द्र प्रसाद बाेगटी लगायत व्यक्तिकाे उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...