चिया पर्यटन प्रवर्धनका लागि आकर्षक ‘स्काई डोम’

Published on

काठमाडौं । पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ । जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो । फिदिम नगरपालिका–१ कञ्चनजङ्घा टी स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा पाँच वटा डोम निर्माण गरिएको हो । जगमा सिमेन्ट राखिएका प्रत्येक डोममा दसई जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजङ्घा टी स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले बताउनुभयो । स्काई डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्नमा पनि आकर्षक छन् । बाह्य पर्यटक घुमफिरमा आउँदा एकान्त, शान्त र मनोरम दृश्यमा रमाउँछन् ।

आचार्यले भन्नुभयो, “विशेषतः चियाको अध्ययन र अनुसन्धानस“गै चियाकै स्वादमा रमाउने आन्तरिक पर्यटकलाई लक्षित गरेर डोम निर्माण गरेका हौँ ।” आकाश नियाल्दै सुत्न, बाहिरको हरियाली भित्रबाटै नियाल्न मात्रैै एकान्त स्थलमा भएकाले अध्ययन अनुसन्धान गर्नेका लागि पनि डोम निर्माण गरिएको क्षेत्र उपयुक्त भएकाले यो क्षेत्र विदेशबाट आएका पर्यटक र अध्येताको रोजाइमा पर्ने गरेको आचार्यको भनाइ छ । डोम क्षेत्रमा वायु र ध्वनि प्रदूषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेका लागि पनि उपयुक्त हुने उहाँले बताउनुभयो । डोम गत चैतदेखि सञ्चालनमा ल्याइएको हो । कञ्चनजङ्घा टी स्टेटले झन्डै चार दशकदेखि जैविक चिया उत्पादन गर्दै आएको छ । यहाँ उत्पादन भएको चिया, जापान, जर्मन र अमेरिकासहित विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । कञ्चनजङ्घामा चियाको अध्ययन, अनुसन्धान र परीक्षणका लागि देश विदेशबाट पर्यटक र अध्येता आइपुग्छन् । यसरी आउने विदेशी पर्यटक र अध्येतालाई लक्षित गर्दै स्काई डोमको अवधारणा ल्याइएको हो । स्काई डोम विदेशी पर्यटकलाई नै लक्षित गरेर निर्माण गरिएको टी स्टेटले जनाएको छ । विदेशी पर्यटकले काठमाडौँबाट कम्तीमा तीन दिनको प्याकेज बनाएर यहाँ आउन सक्ने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...