भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु

Published on

काठमाडौं । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ । भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३ देखि ४७ वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो । विपद् अधिकारीहरुले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।

देशको उत्तरी भागहरूमा केही दिनदेखीको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सात जनाको मृत्यु भएको छ । गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तिमा १० जना कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् । रासस\एएफपी

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...