म्याग्देको पाँच वर्षे आवधिक योजना निर्माण

Published on

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधी आएसँगै गाउँपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । आफूले चाहेको गन्तव्य तर्फ विकासको गतिलाई डोयाउन योजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार–मानव विकास कृषि र पूर्वाधार’ भन्ने नारा सहित गाउँपालिकाको आर्थिक वर्ष २०८१\८२–२०८५\०८६ सम्म गरी आगामी पाँच वर्षिय कार्ययोजना बनाइएको हो । योजना बनाउनको लागि छ महिनाको अवधि लगाएर प्रारम्भिक तथ्याङ्क सङ्कलन सहित सबै विषयबस्तु र क्षेत्र समेटेर प्रोफाइल तयार गरी त्यसलाई विभिन्न चरणमा स्थानीय स्तरबाट र विज्ञहरुबाट सुझाव सङ्कलन गरी तयार गरिएको गाउाँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ूहामीले मध्यकालिन र दीर्घकालिन सहितको एकिकृत आवधिक विकास योजना निर्माण गरेका छौं ।

गाउँपालिकाको पहिलो निर्वाचन पछिको गाउँसभा तथा जनप्रतिनिधीमार्फत् प्रथम आवधिक योजना २०७५\०७६ देखि २०८०\०८१ को निर्माण र कार्यान्वय सम्पन्न गरी दोस्रो पाँचवर्षे योजना बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विकासको क्रममा पछाडी परेका समुदायलाई विकासको म्ुलप्रवाहमा ल्याउन, विकराल रुपमा बन्दै गईरहेको युवा पलायन र पुँजी पलायनलाई नियन्त्रण गर्न, उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक गतिविधीको माध्यमबाट स्थानीय स्तरमा नै रोजगारीको दिने कुरालाई योजनामा प्राथमिकता दिईएको जानकारी दिनुभयो । पालिकाले सस्थागत तथा सूशासन, शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, विपद् व्यवस्थापन, आम्दानी र रोजगारी व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको नेतृत्वमा योजनाबद्ध विकासको लागि सरकारी, गैरसरकारी, सहकारी, समुदायमा आधारित सस्था तथा नीजि क्षेत्रलाई एक स्थान ल्याई एकिकृत तथा समष्टिगत विकास र प्रक्रियालाई मार्गदर्शनको लागि योजना तर्जुमा गरिएको उहाँ बताउनुहुन्छ ।

पालिकाले स्वास्थ्यतर्फ १० शैयाको पालिकास्तरीय अस्पताल, दुई वटा हेल्थ पोष्ट, तीन वटा बर्थिङ सेन्टर, सात वटा स्वास्थ्य इकाइको विस्तार तथा स्तरोन्नति गर्दै आवश्यक औषधी, उपकरण एवम् दक्ष जनशक्तिको व्यवस्था मिलाइने योजना बनाएको छ । ज्येष्ठ तथा अपांग नागरिकका लागि नियमितरुपमा स्वास्थ्य परीक्षण तथा उपचारको लागि घरदैलो सेवा सञ्चालन गर्ने र सोका लागि विशेषज्ञ चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यस्तै, आर्थिकरूपमा पछाडि परेका समुदायमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने र बहुक्षेत्रीय पोषणको अवधारणालाई सबै नागरिकसँग आबद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै अति विपन्न, दलितवर्ग, समुदायहरुको नियमित स्वास्थ्य परिक्षण गर्दै ७० वर्ष माथिका सबै नगारिकहरुको उपचार निशुल्क गर्ने प्रबन्ध स्वास्थ्य चौकीमा मिलाउने योजना बनाइएको छ ।

त्यस्तै, पाँच वर्षभित्र शिक्षातर्फ शिक्षाबाट वञ्चित समुदायलाई, गृहिणी, पौढ तथा अभिभावक शिक्षा तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्ने, विद्यालय छाडेका वा बाहिर रहेका बालबालिकालाई वैकल्पिक शिक्षा प्रदान गरी साक्षरतामा अभिवृद्धि ल्याउने समावेश गरिएको छ । यस्तै माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुने, जेहेन्दार, आर्थिक रुपमा विपन्न, दलित सिमान्तकृत समुदायका बालबालिकाहरुको विद्यालय पहुँच वृद्धिको लागि छात्रावासको व्यवस्था मिलाइने योजना बनाईएको छ कृषि, स्वास्थ्य, इन्जिनियरिङ लगायतको विषय अध्यापनको लागि सिटिइभिटीको सम्बन्धमा सुविधा सम्पन्न प्राविधिक विद्यालय सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ । लागुपद्धार्थ तथा लागु औषध दुव्यर्सनको प्रयोग गर्ने युवाहरुलाई सुधार केन्द्र तथा पुर्नस्थापना केन्द्र व्यवस्था गर्दै परामर्श सेवाहरु सञ्चालन गर्ने योजना बनाइएको छ । त्यसैगरी, हरेक घरमा पाइपलाइनबाट स्वच्छ तथा सफा खानेपानीसेवाको व्यवस्था मिलाउँदै एक घर एक धारालाई पूर्णता दिइने, कृषि क्षेत्रलाई उन्नत बनाउन मल, बिउँ र प्रविधिसहित विकास गर्दै उत्पादन वृद्धि गर्दै लैजानुका साथै माछा, मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ ।

गुणस्तरीय सिँचाइ सुविधा, सङ्कलन केन्द्र, बजार व्यवस्थापन तथा प्रवद्र्धन, बिउँ विजन र मलखादको सहज आपूर्ति, प्रविधिको पहुँचको सुनिश्चितता गर्ने लक्ष्य निर्धारण गरिएको छ । पूर्वाधार तर्फ पाँच वर्षभित्र भूउपयोगको आधारमा नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत आवास तथा वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने योजना बनाईएको छ । प्राकृतिक प्रकोप, संवेदनशिल एवम् असुरक्षित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई व्यवस्थित क्षेत्रमा स्थानान्तरण गर्दै व्यवस्थित बस्ती विकास गर्ने, आरोग्य केन्द्र, योग शिविर, ज्येष्ठ नागरिक हेरचाह केन्द्र, बाल आश्रम, बाल मनोरञ्जन केन्द्र पूर्वाधार निर्माण गर्ने योजना बनाईएको छ । सार्वजानिक जग्गाहरुलाई संरक्षित एवम् अतिक्रमण हुनबाट जोगाउन लिज अवधारणमा खुला क्षेत्रहरुमा खेलकुद मैदान, मनोरञ्जन पार्क, उद्यानहरु सञ्चालन गरी नीजि तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना छ ।

सडकको स्तरोन्नति गर्दै प्रमुख पर्यटकीय क्षेत्रमा जाने सडकलाई विशेष प्राथमिकता दिई सास्कृति सडकका रुपमा विकास गर्ने योजना छ । स्थानीय यातयात कानुन बनाउने, सडक मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, सबै वडामा पालिकासम्मको पहुँच निर्माणको लागि फाष्ट ट्रयाक निर्माण गर्ने, प्रमुख सिटी र बजारमा सिटी बस सञ्चालनमा ल्याउने योजना छ । जडीबुटी लगायत बहुमुल्य प्रजातिहरुको व्यवसायिक खेतीको लागि स्थानीयलाई प्रोत्साहन गर्दै औषधीजन्य सुगन्धित तेल उत्पादन हुने लेमनग्रास, सिट्रेनेल, अगरउड जस्त बनस्पतीहरुको व्यवसायिक खेतीगर्न सामुदायिक वन उपभोक्ता समितिलाई प्रोत्साहन गर्ने योजना बनाइएको छ । पालिकाभित्र ऐलानी तथा पर्ती जग्गा र कृषि वनको व्यवसायिक खेतीको लागि सहकारी सस्थालाई जग्गा लिज तथा करार मोडेलमा जग्गा उपलब्ध गराउने योजना छ ।

गाउँपालिकाबाट प्रदान गरिने सेवा, सुविधा तथा कार्यसम्पादनलाई सहज, जनउत्तरदायी र पारदर्शी बनाउन कार्यपालिका र वडा कार्यालयबाट क्षतिपूर्ति सहितको नागरिक वडापत्र, सहायता कक्ष, नागरिक भेला तथा पृष्ठपोषण संयन्त्रको अभ्यास गरिने लक्ष्य लिईएको छ । सेवा प्रवाह र सूशासन सम्बन्धी आवश्यक नीति तथा कार्यं योजना बनाईने, सार्वजानिक पदाधिकारीको नियुक्ति सरुवा, बढुवा, पदस्थापन, दण्ड र पुरस्कारलाई प्रणालीबद्ध बनाइने, सबै प्रकारको सेवामा सिमान्तकृत र विपन्न समुदायको पहुँच सुनिश्चित गरिने योजना बनाईएको छ । पाँच वर्षे योजनाको सोमबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सार्वजानिक गर्नुभयो । सो अवसरमा वाग्लेले होचुवाको भरमा भन्दा दिर्घकालिन योजना बनाएर विकासको काम अघि बढाउँदा प्रभावकारी हुने भएकोले यस्ता योजना बनाउनु उपयुक्त हुने बताउनुभयो । उत्पादन र रोजगारी बढाउने योजनाहरुलाई प्राथमिकता दिएर विकासको काम अघि बढाउनु पर्ने वाग्लेको सुझाव थियो । गोरखापत्र

ताजा समाचार

अनुगमनका क्रममा खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका...

दाङमा मह उत्पादनमा कमी

काठमाडौँ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित शिवशक्ति बी कन्सर्नका सञ्चालक विष्णु श्रेष्ठले एक सय ५०...

मन्दिर परिसर सिँगार्दै कलाकार ठाकुर

काठमाडौँ । त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित...

पत्रकार महासङ्घको निर्वाचन जारी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान भइरहेको छ । शुक्रबार ९...