जिल्ला कारागार खोटाङमा कैदीबन्दीबिच झडप

Published on

काठमाडौं । जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ । कारागारमा रहेका तीन कैदीले एकआपसमा कुटाकुट गरेको बताइएको छ ।

कारागारका नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास बिकबिचमा बुधबार साँझ कुटाकुट भएको कारागारका प्रशासक सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । कैदी सन्तोष र सुवासको आक्रमणबाट रोहिणीको बायाँ हातमा चोट लागेको छ । आफूमाथि प्रहार भएको बेल्चा छेक्ने क्रममा उनको हातमा चोट लागेको हो । घटनालगत्तै जिल्ला अस्पतालमा लगेर उनको हातमा प्लाष्टर गरिएको आचार्यले बताउनुभयो । झगडामा सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको छ । घट्ना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । कैदीबिचमा कुटाकुट भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो ।

कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केहीछिनमै साम्य पारिएको कारागार प्रशासक आचार्यले बताउनुभयो । सन्तोष र सुवासलाई चार(पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट दिक्तेल कारागार सारिएको थियो । उनीहरुले कारागारमा ‘ग्रुपिजम’ सुरु गरेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...