कास्कीबाट कन्याकुमारी हिँडे डुलुवा

Published on

काठमाडौं । बेला(बेलामा नेपालदेखि भारतसम्मका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ। टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ। १९ सदस्यीय टोली अगस्त २५ मा पोखरा आइपुग्ने योजना छ। पोखरा महानगरका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस बेगलले टोलीलाई बिहीबार पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गर्नुभयो। उहाँहरूले डुलुवाका संयोजक योगेश भट्टराईलाई नेपाल र भारतको झन्डा हस्तान्तरण गर्नुभएको छ।

पोखराबाट रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै टोली पोखरा फर्किनेछ। अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने डुलुवाका संयोजक भट्टराईले बताउनुभयो। “यसका लागि विभिन्न भारतका विभिन्न स्थानमा सरोकारवालाहरूसँग सहकार्य गरी पत्रकार भेटघाट, अन्तर्क्रियासमेत गरिनेछ,” उहाँले भन्नुभयो। महानगर प्रमुख आचार्यले यस खालका भ्रमणले पर्यटन राजधानीको प्रवर्द्धनमा इँटा थप्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पोखराको समृद्धिको माध्यम नै पर्यटन हो। यस खालका अभियानले एकातिर पर्यटन प्रवर्द्धनमा सघाउँछ भने अर्कातिर भ्रमण गर्न अरूलाई उत्प्रेरितसमेत गर्छ।” भारतीय पेन्सन क्याम्पका प्रमुख बेगलले भारतमा हुँदा कुनै कठिनाइ आईपरे समन्वय गरिदिने वाचा गर्नुभयो।

सन् २००८ मा प्याराग्लाइडिङ र अन्य पर्यटन व्यवसायमा आबद्ध पोखराका केही युवाले अनौपचारिक रूपमा नेपाल घुम्न थालेका थिए। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल, डुलुवाका सदस्य ठाकुर बरालले पनि बोल्नुभएको थियो। स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ। ‘पहिला देश अनि विदेश” भन्ने उद्घोषलाई अङ्गीकार गर्दै डुलुवाले यसअघि भारतको लद्दाखसम्मको यात्रा गरेसफलतापूर्वक सम्पन्न गरेको छ। डुलुवा टोलीले यात्राका लागि गोर्खा ब्रुअरी, जोनी वाकर, द सिङगलटन, खुकुरी रम, माउन्ड कैलाश, बिजीबी रिसोर्ट, क्लब प्याराडिसो, सुलभ डिपार्टमेन्टल स्टोर्स, नेपाल पर्यटन बोर्ड पोखरा, रेबान पोखरा, पारानोभा प्याराग्लाइडिङ, पोखरा पर्यटन परिषद्, अर्वान यति, अटोवेज, टोयटा, करेन्ट नुडल्स आदिसँग सहकार्य गरेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...