कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

Published on

काठमाडौं । कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाडाहरुको संरक्षण गर्नका लागि सीप प्रदान गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो ।

कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो । तालिमबाट बुद्धको मुर्ती, कप,खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्ने सक्ने भएको तालिममा सहभागी उज्याला कुमालले बताउनुभएको छ । तालिम पश्चात काम र दाम दुवै कमाउन सक्ने भएको विष्णु कुमालले बताउनुभयो । अब आफूलाई आवश्यक पर्ने पैसाका लागि कसैको मुख ताक्न नपर्ने र आफै सक्षम भएको उहाँको भनाइ छ ।

सहभागीले सिकेको सीपलाई प्रविधिसंग जोड्न कार्यालले सात वटा जातो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेवलसमेत प्रदान गरेको छ । पुस्ता हस्तान्तरणको लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा अल्लो, बासका सामग्रीका साथै डल, कुसन र पार्लरका तालिमहरु प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । स्थानीय स्तरमै उपलब्ध हुने सामग्रीहरुले प्लाष्टिकका भाडा विस्थापित गर्ने सहयोग पुग्ने र आत्मनिर्भर बन्न सक्ने कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...