सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

Published on

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल टी–२० लिगमा पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलम भ्यानकुभरले मोन्टेरियल टाइर्गस क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । मोन्टेरियलले दिएको एक सय १० रनको विजय लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । भ्यानकुभरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९ रन बनाउनुभयो । कप्तान उस्मान ख्वाजाले ३१ र रिचि बेरिङ्टनले १७ रन बनाउनुभयो । बलिङमा मोन्टेरियलका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । भ्यानकुभरको जितमा सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । भ्यानकुभरले ६ टोली सहभागी प्रतियोगितामा तीन अङ्क जोड्दै तालिकाको अन्तिममा रहेर लिग सकेको छ ।

ताजा समाचार

कैदीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...