सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

Published on

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल टी–२० लिगमा पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलम भ्यानकुभरले मोन्टेरियल टाइर्गस क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । मोन्टेरियलले दिएको एक सय १० रनको विजय लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । भ्यानकुभरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९ रन बनाउनुभयो । कप्तान उस्मान ख्वाजाले ३१ र रिचि बेरिङ्टनले १७ रन बनाउनुभयो । बलिङमा मोन्टेरियलका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । भ्यानकुभरको जितमा सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । भ्यानकुभरले ६ टोली सहभागी प्रतियोगितामा तीन अङ्क जोड्दै तालिकाको अन्तिममा रहेर लिग सकेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...