डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार

Published on

काठमाडौं । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गर्नुभएको हो । साथै उहाँले आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गर्नुभएको छ । स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन असम्भव भएकाले डेंगुको रोकथाम नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

डेंगुबाट हुनसक्ने क्षतिलाई कम गर्न डेंगु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सबैको प्रयासले मात्र सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैलाई सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा वृद्धि नभए पनि जोखिम कायम रहेकाले सचेत रहन मन्त्रालयको आग्रह छ । पुसदेखि नेपालमा ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्ति दीर्घरोगी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...