मिथिलामा झुला चहलपहल

Published on

काठमाडौं । मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ । साउन शुक्ल तृतीया तिथि बुधबार सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहने छ । यस महोत्सवमा भगवान् श्रीरामसीतासहितका देवीदेवतालाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा रहेको छ । झुलामा विभिन्न देवीदेवतालाई झुलाई आस्था र भक्तिभाव प्रकट गर्ने गरिन्छ ।

भुला लगे कदमके डाली, सिया झुले प्यारी ना ।

झुला झुल्वे सजनी बिहान होवै पवनी

झुलापर्वका बेला मधेशमा लोकभाका गायनको बेग्लै माहोल हुन्छ । मिथिला क्षेत्रका जानकी मन्दिर, राम

मन्दिर, रत्नसागरमा झुला लोकभाका गुञ्जिने गर्छ । बर्खा ऋतुको कजरीलगायत लोकगीत दिनहुँ गुञ्जिने जनकपुरधामका मठमन्दिरमा लोकगीतसँगै भक्तजनको घुइँचो र नाचगान गर्ने कलाकार प्रशस्तै भेटिन्छन् । तथापि पछिल्लो समय मिथिलामा लोक संस्कृतिको रौनक कम हुँदै गएको बताइन्छ । झुला महोत्सवका कारण ऋतु वर्णन, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार पहिले रङ्गभूमि मैदानमा झुला हेर्न आउनेको घुइँचो लाग्ने गथ्र्यो तर त्यो रङ्गभूमि मैदान हेर्न लायकको छैन । सो मैदानलाई व्यवस्थित बनाउन सरकारले ध्यान दिएको छैन । मिथिलाको संस्कृतिलाई जोगाउन स्थानीय र प्रदेश सरकारले चासो दिएका छैनन् । जनकपुरधामका विभिन्न मठमन्दिरमा मनाइने पर्व जानकी मन्दिर, राममन्दिर र रत्नसागर मन्दिरमा मात्र सीमित भएका छन् । अन्य मन्दिरमा विधि मात्र गरिन्छ । त्यसकारण पनि झुला महोत्सवको रौनक पहिला जस्तो छैन ।

विशेष गरी साउन महिनामा मनाइने झुलापर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुला जस्ता लोकगीतले गुञ्जयमान हुने गर्दथ्यो । झुलागायनसँगै नाच्ने र रमाइलो गर्ने चलन थियो तर यतिबेला झुलापर्व सीमित मन्दिर र यसमा गाइने लोकगीत गायन पनि कम हुँदै गएकाले भक्तजनको सङ्ख्या पनि घट्दै गएको महन्थले बताउनुभयो । उहाँले भन्नुभयो, “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुलापर्वमा पहिला विवाह पञ्चमीको जसरी रौनक हुन्थ्यो । डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन आउने गर्थे तर अहिले सीमित मन्दिरमा रौनक देख्न पाइन्छ र भक्तजन सीमित भएका छन् ।” जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुलनोत्सव सुरु गर्नुभएको बताइन्छ । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको भनाइ छ । ‘रसिक सम्प्रदायमा अराध्यदेवसँग आत्मीय भाववृद्धिका लागि कुनै न कुनै नाता जोड्ने चलन छ । त्यस अनुसार नै सन्त दासले सीतासँग पितापुत्रीको सम्बन्ध जोड्नुभएको आकलन गरिन्छ । जनकपुरधाम माता सीताको माइती पनि हो । जानकी मन्दिरका पूर्वमहन्थ दासकै सम्बन्धभावका अनुसार उहाँपछिका महन्थले सीता माताको पूजाअर्चना पुत्रीभावले गर्दै आउनुभएको छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ ।

साउन महिनामा कृषि कार्यको समाप्तिपछि फुर्सदमा रहेका सर्वसाधारणले नयाँ लुगा लगाउने र सिङ्गारपटार गर्ने तथा थरीथरीका भोजन गर्ने तथा त्यसै अनुसार भगवान्को वस्त्राभूषण गर्ने व्यवहार नै झुलनोत्सवलाई झुपडीदेखि महलसम्म पु¥याएको संस्कृतिविद्को भनाइ छ । नवविवाहिताले व्रत बसी मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै सुरु भएको झुला महोत्सवले तराईको जनजीवन उत्सवमय बनाएको छ । संस्कृतिविद् परमेशवर कापरीका अनुसार झुला पर्व मिथिलाको जनजीवनसँग सम्बन्धित लोक पर्व हो । यसले साउनको महिनाको शितल हावा सीमसीमे पानीलाई दर्शाउने गर्छ । यतिबेला गाउँघरको काम सकिएको हुन्छ । किसान रमाउने गर्छन् र झुला पर्वमा विभिन्न गीत गाएर नाच्ने गर्छन् । यो पर्व एउटा आनन्दको पर्व पनि हो । झुलामा गाइने गीतले आनन्दित बनाउने गर्छ । पहिला मिथिलाको प्रत्येक घरमा कुटीमा समेत झुला बनाएर राम र सीताका प्रतिमालाई झुलाएर रमाइलो गर्ने गरिन्थ्यो । आजकल त्यो आधुनिकताले भरिएको परिवेशमा पारम्परिक झुलाको महत्व कम हुँदै गएको संकृतिविद् कापरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...