३९ जनाद्वारा नेपाली नागरिकता परित्याग

Published on

काठमाडौं । स्याङ्जामा आर्थिक वर्ष २०८०\०८१ मा ३९ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा ३२ पुरुष र सात महिला रहेका छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जना अमेरिकी नागरिकता र १० जना अस्ट्रेलियन नागरिकता प्राप्त गरेका छन् । हङकङमा छ, बेलायतमा चार, जर्मनमा तीन, न्यूजील्यठ र पोर्चुगलमा दुईरदुई जना रहेका छन् भने पोर्चुगल र फिन्ल्याड एक–एक जना रहेका छन् । वि.सं २०६७\२र३ देखि असार मसान्तसम्म ५१ जना पुरुष र २६ जना महिला गरी ७७ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

डिभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो । राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भई बस्न चाहना गर्ने गरेको देखिएको छ ।

२५ जनालाई अङ्गिकृत नेपाली नागरिकता
आर्थिक वर्ष ०८०\०८१ मा स्याङ्जामा २५ जनाले बैवाहिक अङ्गिकृत नेपाली नागरिकता लिएका छन् ।

अङ्गिकृत नेपाली नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १५ र इलाका प्रशासन वालिङबाट आठ जना रहेका छन् । यसरी अङ्गिकृत नागरिकता लिनेमा भारतका २१ र फिलिपीन्सका दुई जना रहेको सहायक प्रजिअ दिपक पौडेलले बताउनुभयो । नेपाली युवासँग बिवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गिकृत नागरिकता लिएका हुन् ।

४२ जनाले लिए गैरआवसिय नेपाली नागरिकता
०८०\०८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ४२ जनाले गैरआवसिय नेपाली नागरिकता लिएका छन् ।

नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो । गैरआवसिय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यावसाय घरजग्गा खरिदलगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताउनुभयो ।

नागरिकता भन्दा राहदानी लिने धेरै
आर्थिक वर्ष ०८०\०८१ स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन वालिङबाट १४ हजार १३१ जनाले वंशज, २५ जनाले बैवाहिक अङ्गिकृत र ४२ जनाले गैरआवासिय गरी १४ हजार २०६ नागरिकता लिएका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात हजार ३६८ जना र इलाका प्रशासन वालिङबाट सात हजार ८२५ जना गरी १५ हजार १९५ जनाले राहदानी लिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...