गुल्मीमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार यहाँका ६५ वर्षीय टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जङ्गली च्याउ आइतबार राती करिब ९ बजेको समयमा पकाएर खाँदा बोमिट गरी सो सङ्ख्यामा बिरामी परेका हुन् । ६५ वर्षीय टोमबहादुर थापा, ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दिपदिका थापा, १२ वर्षीया बिनिसा थापा, ४२ वर्षीय सिर्जना काउछा र ३९ वर्षीय गीता थापा जङ्गली च्याउ खाएर बिरामी पर्नुभएको उहाँले जानकारी दिनुभयो । उहाँहरु एकै परिवारको हुनुहुन्छ भने गीता थापा पाहुनाका रुपमा आउनुभएको थियो ।

जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...