दशरथ रङ्गशाला बिग्रिएपछि सातदोवाटो सर्‍यो साफ यु–२० फुटबल

Published on

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोवाटोमा हुने भएको छ । दशरथ रङ्गशाला खेल्न नमिल्ने गरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोवाटो सारिएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको छ । एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच मङ्गलबार भएको खेलले दशरथ रङ्गशालाको अवस्था विग्रिएको थियो । हिलाम्मे मैदान र खेलाडीको विजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० ले एन्फालाई मैदानको विकल्प खोज्न अग्रह समेत गरेको थियो ।

मैदान अभावका कारण यस च्याम्पियनसिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रङ्गशाला हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले जनाएको छ । च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ । अन्य टोली शनिबारसम्म आयपुग्नेछन् । साफ यु(२) च्यापिम्यनसिपमा ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् । उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा जियारथ शेख र कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी रहनुभएको छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...